Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिनुभएको छ । बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरुको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ । म तपाईहरुलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरीबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महंगो पथ्र्यो भने एमालेलाई छुनु महंगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’ उहाँले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महंगो पर्ने चेतावनी समेत दिनुभयो ।

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

उनले भने, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरुको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ । म तपाईहरुलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरीबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महंगो पथ्र्यो भने एमालेलाई छुनु महंगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’

उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महंगो पर्ने चेतावनी समेत दिएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?