Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


मिचेल स्टार्क बने आईपीएलकै महँगा खेलाडी, कोलकाताले किन्यो २४ करोड ७५ लाखमा

काठमाडौं। अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो ।

‘महाजात्रा’ छायांकन सेटमा अरुण र आश्माको छमछमी

काठमाडौं। दुई दिनयता खुलामञ्चको दृश्य कुनै मेलाजस्तो देखिन्छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, जहाँ दर्जनौं कलाकार नृत्यमा अभ्यस्त देखिन्छन् । अर्को कुना हेर्दा लाग्छ त्यहाँ कुनै चुनावी सभा भइरहेको छ भने नेताहरु चुनावी नारा र एजेण्डासहित भाषण ठोकिरहेका छन् । झण्डा र ध्वजापताकाले यहाँ चुनावी सरगर्मी देखिन्छ

रामजानकी विवाहकै दिन जोडी बाँधिने बढ्दै

महोत्तरी। यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन विवाह फलदायी नहुने परम्परागत मान्यता तोड्दै यसै दिन विवाह गर्ने जोडी बढ्दै गएका हुन् । अघि त्रेतायुगमा मिथिलापुत्री सीताले वैवाहिक जीवनमा थुप्रै हण्डर व्यहोर्नु परेको, अग्निपरीक्षा दिनुपरेको र पछि

बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

खजुरा,बाँके। थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् । थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए । उनले वैजनाथ

राजसंस्थाको पक्षमा वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौं। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा जनदबाब सिर्जना गर्न वृहत आन्दोलन गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा उत्रिने निर्णय लिएको हो । त्यस्तै, तीन दिनसम्म काठमाडौंमा चलेको बैठक विभिन्न सात बुँदे निर्णयसहित सम्पन्न भएको छ । राप्रपाले विभिन्न जनजीविकाका मुद्दाका

आज शेयर बजार बढ्यो

काठमाडौं। शेयर बजार नेप्से परिसूचक आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

घोराही,दाङ। दाङमा वार्षिक छसय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको छ । माछाका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका

चितवनमा हात्ती महोत्सव पुस १० देखि

काठमाडौं। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती

समान अधिकार कानुनमा लेखेर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहभागिताका कुरा कानुनमा लेखेर मात्र नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताएका छन् । महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ

आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री

काठमाडौं। इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए । कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद गरेको हो । उनीमाथि तीनवटा फ्रेन्चाइजले बोली लगाएका थिए । अन्तमा सनराइजेजले बाजी मार्‍यो । यससँगै कुमिन्स आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी

सम्वन्धित समाचारहरु