Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘महाजात्रा’ छायांकन सेटमा अरुण र आश्माको छमछमी


काठमाडौं। दुई दिनयता खुलामञ्चको दृश्य कुनै मेलाजस्तो देखिन्छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, जहाँ दर्जनौं कलाकार नृत्यमा अभ्यस्त देखिन्छन् । अर्को कुना हेर्दा लाग्छ त्यहाँ कुनै चुनावी सभा भइरहेको छ भने नेताहरु चुनावी नारा र एजेण्डासहित भाषण ठोकिरहेका छन् । झण्डा र ध्वजापताकाले यहाँ चुनावी सरगर्मी देखिन्छ ।

उक्त गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मा छमछमी नाच्दै थिए । दर्जनौं कोरस खुलामञ्चको चिसोमा गीतमा नाच्दैछन् । त्यहींनेरको अर्को सेटमा पुग्दा हरिवंश आचार्य, शिशिर बाङ्देल नेताको भेषमा भेटिए । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायत क्यारेक्टर पोशाकमा देखिए ।

यी दृश्य मेलापर्व र चुनावको तयारी भने होइन । दुई दिनदेखि खुलामञ्चमा दुई भव्य सेट बनाएर ‘महाजात्रा’ छायांकन भइरहेको छ । एकातिर गीतको छायांकन धमाधम हुँदैछ भने मञ्चमा चाहिं क्लाइमेक्स दृश्यको छायांकन ।

 

त्यसैगरी, बुधबार इन्डकल्यापको तयारी छ । पत्रकार सम्मेलनको छायांकनसँगै छायांकन टुंग्याइने निर्माता म्याक्स दीपेश खत्रीले बताए । हरिवंश केही दिनमै बेलायत उड्नुपर्ने भएकाले पनि निर्मातालाई डेटलाइनभित्रै छायांकन सक्नुपर्ने चटारो छ । निर्देशक प्रदीप भट्टराई आफूहरु छायांकन सक्ने तयारीमा जुटेको बताए ।

त्यस्तै, षट्कोण आर्ट्सको ब्यानरमा बनिरहेको यो फिल्म चैत ९ गते नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुँदैछ ।

 

 

 

 


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?