Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘महाजात्रा’ छायांकन सेटमा अरुण र आश्माको छमछमी


काठमाडौं। दुई दिनयता खुलामञ्चको दृश्य कुनै मेलाजस्तो देखिन्छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, जहाँ दर्जनौं कलाकार नृत्यमा अभ्यस्त देखिन्छन् । अर्को कुना हेर्दा लाग्छ त्यहाँ कुनै चुनावी सभा भइरहेको छ भने नेताहरु चुनावी नारा र एजेण्डासहित भाषण ठोकिरहेका छन् । झण्डा र ध्वजापताकाले यहाँ चुनावी सरगर्मी देखिन्छ ।

उक्त गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मा छमछमी नाच्दै थिए । दर्जनौं कोरस खुलामञ्चको चिसोमा गीतमा नाच्दैछन् । त्यहींनेरको अर्को सेटमा पुग्दा हरिवंश आचार्य, शिशिर बाङ्देल नेताको भेषमा भेटिए । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायत क्यारेक्टर पोशाकमा देखिए ।

यी दृश्य मेलापर्व र चुनावको तयारी भने होइन । दुई दिनदेखि खुलामञ्चमा दुई भव्य सेट बनाएर ‘महाजात्रा’ छायांकन भइरहेको छ । एकातिर गीतको छायांकन धमाधम हुँदैछ भने मञ्चमा चाहिं क्लाइमेक्स दृश्यको छायांकन ।

 

त्यसैगरी, बुधबार इन्डकल्यापको तयारी छ । पत्रकार सम्मेलनको छायांकनसँगै छायांकन टुंग्याइने निर्माता म्याक्स दीपेश खत्रीले बताए । हरिवंश केही दिनमै बेलायत उड्नुपर्ने भएकाले पनि निर्मातालाई डेटलाइनभित्रै छायांकन सक्नुपर्ने चटारो छ । निर्देशक प्रदीप भट्टराई आफूहरु छायांकन सक्ने तयारीमा जुटेको बताए ।

त्यस्तै, षट्कोण आर्ट्सको ब्यानरमा बनिरहेको यो फिल्म चैत ९ गते नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुँदैछ ।

 

 

 

 


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?