Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री


काठमाडौं। इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए ।

कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद गरेको हो । उनीमाथि तीनवटा फ्रेन्चाइजले बोली लगाएका थिए । अन्तमा सनराइजेजले बाजी मार्‍यो । यससँगै कुमिन्स आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी बन्न सफल भए । त्यसैगरी, कुमिन्सको बेस प्राइस २ करोड भारु थियो भने सबैभन्दा पहिले चेन्नइ सुपर किङ्स र त्यसपछि मुम्बई इन्डियनले उनीमाथि बोली लगायो । सीएसकेले ४.८ करोड बोलेको थियो ।

यसअघि सबैभन्दा बढी मूल्यमा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनीगत वर्षको संस्करणमा १८.५ करोड भारुमा बिकेका थिए । त्यसपछि प्रतिस्पर्धामा रोयल च्यालेन्जर भित्रियो । उसले ५ करोड बोल्यो । उनीहरुबीच होडबाजी चल्दै जाँदा सनराइजर हैदराबादले ८.४ करोड बोल्यो,तर फ्रेन्चाइजीहरु यतिमा रोकिएनन् ।

त्यसैगरी, अन्तिम प्रतिस्पर्धा आरसीबी र सनराइजेजबीच भयो । अन्ततः सनराइजेजले २०.५० करोड मूल्यमा वर्ल्डकप विजेता कप्तानलाई आफ्नो टीममा भित्र्याउन सफल भएको हो भने आइपिएलमा यसअघि सबैभन्दा महँगो रकममा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनी गत संस्करणमा १८.५ करोडमा बिकेका थिए ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?