Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री


काठमाडौं। इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए ।

कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद गरेको हो । उनीमाथि तीनवटा फ्रेन्चाइजले बोली लगाएका थिए । अन्तमा सनराइजेजले बाजी मार्‍यो । यससँगै कुमिन्स आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी बन्न सफल भए । त्यसैगरी, कुमिन्सको बेस प्राइस २ करोड भारु थियो भने सबैभन्दा पहिले चेन्नइ सुपर किङ्स र त्यसपछि मुम्बई इन्डियनले उनीमाथि बोली लगायो । सीएसकेले ४.८ करोड बोलेको थियो ।

यसअघि सबैभन्दा बढी मूल्यमा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनीगत वर्षको संस्करणमा १८.५ करोड भारुमा बिकेका थिए । त्यसपछि प्रतिस्पर्धामा रोयल च्यालेन्जर भित्रियो । उसले ५ करोड बोल्यो । उनीहरुबीच होडबाजी चल्दै जाँदा सनराइजर हैदराबादले ८.४ करोड बोल्यो,तर फ्रेन्चाइजीहरु यतिमा रोकिएनन् ।

त्यसैगरी, अन्तिम प्रतिस्पर्धा आरसीबी र सनराइजेजबीच भयो । अन्ततः सनराइजेजले २०.५० करोड मूल्यमा वर्ल्डकप विजेता कप्तानलाई आफ्नो टीममा भित्र्याउन सफल भएको हो भने आइपिएलमा यसअघि सबैभन्दा महँगो रकममा बिक्री भएको रेकर्ड इंग्ल्यान्डका साम कुरानको नाममा थियो । उनी गत संस्करणमा १८.५ करोडमा बिकेका थिए ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?