Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मिचेल स्टार्क बने आईपीएलकै महँगा खेलाडी, कोलकाताले किन्यो २४ करोड ७५ लाखमा


काठमाडौं। अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो । मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो ।

प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो ।

त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्‍यो । मिचेल ८ वर्षअघि आईपीएलमा फर्किएका हुन् । सन् २०१४–१५ को सिजनसम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । आईपीएलका २७ खेलमा उनले ३४ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले १२ इनिङ्समा ९६ रन मात्र बनाएका छन् ।

यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?