Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ

१९ वैशाख ,काठमाडौँ । नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी

कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

१९ वैशाख ,काठमाडौँ । आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए । गत फागुन ४ गते राति

मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने

१९ वैशाख ,काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “मिटरब्याजीसम्बन्धी

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर

१९ वैशाख ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले रु एक

सरकारवादी मुद्दाको गहन अनुसन्धान हुनुपर्ने

१९ वैशाख ,विराटनगर । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौँद्वारा आयोजित ‘लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिल तथा न्यायसम्पादनमा संलग्न अधिकारीबीचको’ अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । एकदिने सो कार्यक्रममा जिल्ला न्यायाधीश, प्रहरी अधिकृत, सरकारी वकिल, सहन्यायाधिवक्ताको सहभागिता रहेको थियो । कार्यक्रममा मोरङका जिल्ला

पाठकको चाप बढेपछि प्रज्ञाको पुस्तक प्रदर्शनीको अवधि एक हप्ता थप

१९ वैशाख ,काठमाडौँ । नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी यही वैशाख २५ गतेसम्म चल्ने व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

१९ वैशाख ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन् ।

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान

१९ वैशाख ,काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ । फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाए । पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट

जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउँदैछौँ : प्रमुख सचिव

१९ वैशाख ,कर्णाली । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउन थालेको बताएका छन् । जापान सरकारको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोग र नेपाल सरकारको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘जलवायुसम्बन्धी स्थानीय कार्यमार्फत मानवीय सुरक्षा सुदृढीकरण’ प्रारम्भिक कार्यशालाको उद्घाटन कार्यक्रममा

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

१९ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित

सम्वन्धित समाचारहरु