Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

त्रिभुवन विश्वविद्यालय र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर


१२ जेठ, काठमाडाैँ । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ । विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रियरूपमा सहभागी भई काम गर्ने जनाइएको छ ।

दुवै संस्थाले आकाङ्क्षी उद्यमीलाई वित्तीय र बैैंकिङ साक्षरता कार्यक्रम, बीज लगानी सहजीकरण, सहुलियत र वित्त लगानीका अवसर जुटाउने सहयोग गर्नेछ । विश्वविद्यालय, व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, “आइडिया स्टुडियो नेपालसँगको सहकार्यलाई विद्यार्थी र सङ्काय सदस्यमा उद्यमशीलता एवं नवप्रवर्तनको प्रवद्र्धनमा महत्वपूर्ण कदम चालेको छ, हाम्रो संयुक्त प्रयासमार्फत, हामी एक गतिशील उद्यमशील प्रणाली सिर्जना गर्ने लक्ष्य राख्छौँ, जसले रचनात्मकतालाई पोषण दिन्छ, सहयोगलाई बढावा दिन्छ र दिगो विकासको लागि मार्ग प्रशस्त गर्दछ ।”

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले साझेदारीले आशाको सञ्चार गरेको बताए । “समझादारीले नयाँ आविष्कार र दिगो व्यावसायिक अभ्यास गर्नेतर्फ रोमाञ्चक यात्राको सुरुआत गरेको छ, हाम्रो विशेषज्ञताको सदपुयोग र सङ्कायसँग सहकार्य गरेर यसको व्यवस्थापन हुनेछ ।” समझदारीले आगामी पुस्ताका उद्यमीलाई सकारात्मक सामाजिक र आर्थिक परिवर्तन गर्न प्रेरित एवं सशक्तीकरण गर्न सहयोग मिल्ने जनाइएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?