Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध


१२ जेठ, हुम्ला । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोट स्टेसनका प्रमुख मोहन गिरीले जानकारी दिए । नेपालगञ्ज विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका निजी हवाईजहाजहरू पनि उडान भर्न नपाउँदा मर्कामा परेको बताएका छन् ।

पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगञ्जबाट कुनै पनि उडान हुन नसकेको हो । एकातिर उडान नै कम भइरहेका बेला झन् त्यसमाथि खराब मौसमका कारण उडान अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको बताएका छन् ।

नेपालबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण उडान हुन नसकेको बताउँदै उनले दुई दिनदेखि कार्गो तथा यात्रु उडान हुन नसकेको बताए । यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रुहरू मर्कामा परेका छन् ।

सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनुपरेको छ । कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न समेत ढुवानी हुने सकेको छैन ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?