Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध


१२ जेठ, हुम्ला । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोट स्टेसनका प्रमुख मोहन गिरीले जानकारी दिए । नेपालगञ्ज विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका निजी हवाईजहाजहरू पनि उडान भर्न नपाउँदा मर्कामा परेको बताएका छन् ।

पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगञ्जबाट कुनै पनि उडान हुन नसकेको हो । एकातिर उडान नै कम भइरहेका बेला झन् त्यसमाथि खराब मौसमका कारण उडान अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको बताएका छन् ।

नेपालबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण उडान हुन नसकेको बताउँदै उनले दुई दिनदेखि कार्गो तथा यात्रु उडान हुन नसकेको बताए । यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रुहरू मर्कामा परेका छन् ।

सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनुपरेको छ । कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न समेत ढुवानी हुने सकेको छैन ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?