Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त बिरामी


१२ जेठ, तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उनका छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिए ।

बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो । वर्ष ७२ का शुकबहादुरलाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रनाउ खाडले जानकारी दिए ।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू तीनै जना घाइते भएको उनले जानकारी दिए । उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?