Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त बिरामी


१२ जेठ, तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उनका छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिए ।

बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो । वर्ष ७२ का शुकबहादुरलाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रनाउ खाडले जानकारी दिए ।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू तीनै जना घाइते भएको उनले जानकारी दिए । उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?