Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत


१२ जेठ, एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको सङ्क्रमणमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा विकसित हुने विश्वास गरिएको छ । सो परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।

“हामी आफ्नो देश, क्षेत्र र सिङ्गो विश्वमा धेरैको जीवन परिवर्तन गर्ने सम्भाव्य भएको परियोजनाको यात्रामा उत्कटताका साथ लागेका छौँ”, राष्ट्रपति हेज गिन्गोबले भनेका छन् । हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।

साथै नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ ।

हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?