Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत


१२ जेठ, एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको सङ्क्रमणमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा विकसित हुने विश्वास गरिएको छ । सो परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।

“हामी आफ्नो देश, क्षेत्र र सिङ्गो विश्वमा धेरैको जीवन परिवर्तन गर्ने सम्भाव्य भएको परियोजनाको यात्रामा उत्कटताका साथ लागेका छौँ”, राष्ट्रपति हेज गिन्गोबले भनेका छन् । हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।

साथै नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ ।

हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?