Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’


१२ जेठ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भन्नुभएको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्नुहुन्छ । गत महिना उहाँले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् । मस्कोले पनि शब्द दाबी दोहार्याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?