Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


त्रिभुवन आर्मी क्लब फाइनलमा

२६ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त्रिभुवन क्लबका रोमन रानाले

मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच सहमति

२६ चैत ,महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजङ्गल संरक्षण अभियानबीच यस्तो सहमति भएको हो । सहमतिसँगै चुरे तथा वनजङ्गल संरक्षण अभियन्ताले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनशनसमेत स्थगन भएको छ

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

२६ चैत्र, कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएसँगै सरकारबाट एमाले अलग्गिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजिनामा बुझाएका

जापानी विद्यालयमा शिशु भर्नादरमा कमी

२६ चैत्र, एजेन्सी । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ । हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ । सर्वेक्षण फेब्रअरी र मार्चमा

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

२६ चैत्र, नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड

पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले माग्यो सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

२६ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गरेर अडियोबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसबारे अनुसन्धान अघि

सन्दीप लामिछानेको मुद्दा : स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

२६ चैत्र, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र

रौतहटमा भीषण आगलागी

२६ चैत्र, राैतहट । रौतहटमा भीषण आगलागी भएको छ । जिल्लाको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको जानकारी प्रहरीले दिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म ४ वटा घरमा क्षति पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगलागी नियन्त्रण गर्ने प्रयास जारी छ ।

भारतमा २४ घण्टामै थपिए ५ हजार भन्दा बढी कोरोना संक्रमित

२६ चैत्र, एजेन्सी । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल

सम्वन्धित समाचारहरु