Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

त्रिभुवन आर्मी क्लब फाइनलमा


२६ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक/एक गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।

अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?