Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

त्रिभुवन आर्मी क्लब फाइनलमा


२६ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक/एक गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।

अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?