Trending
>>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

जापानी विद्यालयमा शिशु भर्नादरमा कमी


२६ चैत्र, एजेन्सी । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ ।

हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ ।

सर्वेक्षण फेब्रअरी र मार्चमा १०९ प्रिफेक्चुरल क्यापिटल, सरकारी अध्यादेशद्वारा तोकिएका शहर, टोकियोका २३ वटा वडा र हार्टल्याण्ड शहरमा गरिएको थियो । एकसय तीन स्थानीय सरकारद्वारा निरीक्षण गरिएको लगभग १८ हजार नर्सरी स्कूलमध्ये करिब छ हजार ८०० अप्रिलको लागि लिइने भर्नाको कोटा पूरा गर्न असफल भएका छन् ।

घट्दो जन्मदर बाहेक बाल हेरचाह गर्ने कामदारको अभाव र केही सुविधाको लागि अभिभावकको प्राथमिकता पनि कमीको कारण रहेको हुनसक्ने सर्वेक्षणले देखाएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?