Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा

२७ ,भाद्र ,वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

२७ ,भाद्र ,बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गरिएको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध्ये अधिकांश

सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोगका लागि धन्यवाद

२७ ,भाद्र ,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा उनिहरूबीच दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान साथै नेपालको

नेम्वाङ : निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त

२७ ,भाद्र ,काठमाडौँ । हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहनुभएको थियोहेका थिए । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न

साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल

२७ ,भाद्र ,काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले

बढ्यो शेयर बजार

२७ भदौ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९

जोखिम मोल्न तयार भएमात्रै जनतालाई परिणाम दिन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

२७ भदाै, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए। रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री “प्रचण्ड”ले जोखिम

आरन पेसाबाट मनग्य आम्दानी

२७ भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा सुरु गरेका ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गरेका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ । हरेक बिहान ग्राहकको माग अनुसारका कृषि सामग्री निर्माण गर्नु उनको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्ने

२६ भदौ, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

२७ भदाै, काठमाडाैँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरिएको हो

सम्वन्धित समाचारहरु