Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोगका लागि धन्यवाद


२७ ,भाद्र ,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनिहरूबीच दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।

राजदूत भोल्कले जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताईन् ।

नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य भएको उल्लेख गर्दै उनले नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलिया सरकारले काम गरिरहेको बताईन् ।

भेटमा उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?