Trending
>>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग >>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल >>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती


२७ ,भाद्र ,बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गरिएको हो ।

हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध्ये अधिकांश उद्योगको अवस्था कमजोर एवं नाजुक रहेको बताइएको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन भइरहेका छन् । साथै कतिपय उद्योग कहिले चल्ने र कहिले बन्द हुने अवस्थामा छन् ।

त्यहाँ सञ्चालित उद्योगको उत्पादन र बिक्रीसमेत घट्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख भोजराज विराडीका अनुसार उद्योगको अवस्था विगत तीन वर्षदेखि दिन प्रतिदिन खस्किँदै गएको र लगानीअनुसार प्रतिफल प्राप्त नभई घाटा बढ्दै गएको छ ।

उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा उद्योगीले दिएको जानकारी तथा गुनासोका आधार आफूले उत्पादनमा कटौटी गरेको जानकारी पाएको उनको भनाइ रहेको छ । विगत तीन वर्ष अगाडि विश्वमै फैलिएको कोरोना महामारीका साथै विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्था उठ्न नसकेको उनको भनाइ छ ।

सो औद्योगिक क्षेत्रमा एक सय ४७ वटा सरकारी र निजीसहित एक सय ४७ औद्योगिक प्रतिष्ठान रहेको र तीमध्ये एक सय १५ वटा उद्योग सञ्चालनमा रहेका छन् भने नौ वटा उद्योग बन्द भइसकेका छन् ।

त्यसैगरी २३ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र उद्योगमा कामदारको सङ्ख्या पाँच हजार रहेको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको तर्फबाट रु पाँच अर्व ५५ करोड र सरकारी क्षेत्रबाट रु ९० करोड लगानी रहेको छ ।

सो उद्योगबाट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई मासिक रु तीन करोड भाडा उठ्ने गरेको छ तर उद्योगको अवस्था नाजुक रहेकाले भाडा दिनमा समेत समस्या रहेको उद्योगको गुनासो रहेको पाइएको छ ।

त्यहाँ सञ्चालनमा रहेका उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिकमन्दीको कारणले उद्योगको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ताको भनाइ रहेको छ ।

अहिले बजारको अवस्था नाजुक छ, पसल र सटर खाली हुँदै गएको छ, उद्योगबाट उत्पादित सामान बिक्री हुँदैन र यो गम्भीर समस्या हो उनले भने ।

उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र थप उद्योगमा लगानी गर्न बैंकले ऋणसमेत दिँदैन हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने । अहिले देशमा उद्योगी र व्यवसायी पलायन हुने अवस्था हुँदै गएको छ र व्यापार घाटाले हरेक व्यक्ति विदेश जाने चाहनामा रहेको पाइएको प्राध्यापक डा योगेन्द्र यादवले बताए ।

स्वदेशमा रोजगारीको वातावरण बनाउन उनको विचार रहको छ । सो औद्योगिक क्षेत्रमा निर्माण सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छ, इन्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० उद्योग रहेका छन् ।

त्यस्तै सो औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा सङ्घ–संस्थातर्फ ११ कार्यालय रहेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?