Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बुधवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई सचेत गराएका हुन् । प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

उनले भने, ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रश्तुती थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवले प्रस्तुती गर्नु भयो । प्रस्तुतीपछि सचिव, मन्त्रीज्युहरुले आफ्नो आफ्नो मन्त्रालयसँग संवद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समिक्षा थियो । त्यसमा आधारित भएर हामीले कुरा राख्यौं । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब अझ गतिका साथ तीन महिनाको यो समिक्षा पछि अब झन गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । र, गत वर्षको भन्दा पूँजीगत खर्चको गति हेर्दाखेरी सकारात्मक देखिएको छ । प्रधानमन्त्रीले भन्नु पनि भयो । लक्ष्य अनुसार काम गर्न हामी सबै तयार हुनुपर्छ । जो जुन ठाउँमा छ । त्यसले सोअनुसार काम, कर्तव्य निर्वाह गर्न सकेन भने त कसैले पनि कुनैपनि ठाउँ ओगटी रहनु हुँदैन ।’

त्यस अवसरमा मन्त्रीहरुले आ आफ्नो मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थियो । त्यस क्रममा मन्त्रीहरुले अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सरकारको पहिलो त्रैमासिक कामको नतिजा सकारात्मक देखिएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?