Trending
>>   सिरिया–लेबनान सीमामा यातायात सुचारु >>   इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट >>   गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास >>   स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु >>   क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन >>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग >>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल >>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग


काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताउनुभयो ।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिनुभयो ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?