Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै


काठमाडौँ। स्थानीय तहबाटै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप ई प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा सातै प्रदेशबाट गरी कक्षा ११ र १२ का विद्यार्थीका लागि लक्षित हाई स्कुल टी टेन क्रिकेट हुन लागेको हो । हाइपएती इभेन्ट्सले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । त्यसअघि छनोट प्रतियोगिता आगामी पुस ३ गतेदेखि हुनेछ । ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । हाइपएतीको सिइओ एलिजा थापाले देशभरका कलेजलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको बताइन् ।

प्रतियोगितामा सात प्रदेश र एक आयोजक गरी कुल ८ टोलीले टी टेन क्रिकेटमा प्रतिष्पर्धा गर्ने जनाएको छ । छनोट र राष्ट्रिय प्रतियोगिता नकआउटका आधारमा हुनेछन् । ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता शुरू गरेको बताए । यो प्रतिष्पर्धाबाट अवसर नपाएका कलेजका विद्यार्थीले राष्ट्रिय स्तरसम्म बाटो बनाउन भन्ने उद्देश्यले हाइ स्कुल क्रिकेटलाई प्रोत्साहन गरेको ई प्लानेटका चेयरमेनको भनाइ छ ।

ई प्लानेटका चिफ मार्केटिङ अफिसर सञ्जीव भण्डारीले राष्ट्रिय खेलाडी बनाउने माध्यम सिर्जना गर्न यस प्रतियोगिता आयोजना गरिएको र यसलाई आगामी दिन थप परिस्कृत रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए । उनले युवा खेलाडीले आफूसँग भएको प्रतिभा देखाउन यो नै राम्रो अवसर रहेको उल्लेख गरे ।

छनोटको क्रममा प्रदेशको विजेताले ५० हजार रूपैयाँ पाउनेभएका छन् । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कुल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?