Trending
>>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत >>   बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल >>   विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं >>   नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइँदै >>   विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला >>   न्याय किन्न पाइन्छ भन्ने मान्यतालाई विधेयकले नियन्त्रण गर्छः सांसद प्रधान >>   मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस् >>   पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस् >>   प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन >>   विपक्षी दलहरुलाई ओलीको चेतावनीः ज्यादती अब सह्य हुँदैन,संसद चल्छ
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै


काठमाडौँ। स्थानीय तहबाटै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप ई प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा सातै प्रदेशबाट गरी कक्षा ११ र १२ का विद्यार्थीका लागि लक्षित हाई स्कुल टी टेन क्रिकेट हुन लागेको हो । हाइपएती इभेन्ट्सले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । त्यसअघि छनोट प्रतियोगिता आगामी पुस ३ गतेदेखि हुनेछ । ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । हाइपएतीको सिइओ एलिजा थापाले देशभरका कलेजलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको बताइन् ।

प्रतियोगितामा सात प्रदेश र एक आयोजक गरी कुल ८ टोलीले टी टेन क्रिकेटमा प्रतिष्पर्धा गर्ने जनाएको छ । छनोट र राष्ट्रिय प्रतियोगिता नकआउटका आधारमा हुनेछन् । ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता शुरू गरेको बताए । यो प्रतिष्पर्धाबाट अवसर नपाएका कलेजका विद्यार्थीले राष्ट्रिय स्तरसम्म बाटो बनाउन भन्ने उद्देश्यले हाइ स्कुल क्रिकेटलाई प्रोत्साहन गरेको ई प्लानेटका चेयरमेनको भनाइ छ ।

ई प्लानेटका चिफ मार्केटिङ अफिसर सञ्जीव भण्डारीले राष्ट्रिय खेलाडी बनाउने माध्यम सिर्जना गर्न यस प्रतियोगिता आयोजना गरिएको र यसलाई आगामी दिन थप परिस्कृत रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए । उनले युवा खेलाडीले आफूसँग भएको प्रतिभा देखाउन यो नै राम्रो अवसर रहेको उल्लेख गरे ।

छनोटको क्रममा प्रदेशको विजेताले ५० हजार रूपैयाँ पाउनेभएका छन् । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कुल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?