Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पौष ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ । सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ ।

प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूथीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवद्र्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताउनु भयो ।

सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव मैनालीले भने, ‘कार्यक्रममा काठमाडौंमा रहेका दुई सय जना र काठमाडौं बाहिरका आठ सय जना गरी करिव एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमाा गरिएको छ । सम्मेलनको आयोजना स्वास्थ्य मन्त्रालयले गरेपनि अरु पनि हामीसँग सहकार्य गरिरहनु भएको छ । अन्य कुनैपनि संस्थाले हामी पनि यो इभेन्टमा पार्टनरसिप गर्न चाहन्छौं भनेर आउनुभयो भने स्वागत गर्दछौं । यसमा हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौं । अर्को, हेल्थ केयर अथोरिटिजहरु, पोलिसी मेम्बर्सहरु (देशभित्र रहनुभएका वा अन्यत्रबाट आउनुभएका), अन्य सामाजिक विसकासका क्षेत्रमा काम गरिरहेका संस्था र संचारकर्मी साथिहरुलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेका छौं । सम्मेलनपछि हामीले मेडिकल डायस्पोरा अथवा स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्टको हामीले वृद्धि गर्नसक्ने अपेक्षा लिएका छौं ।’

नेपाल स्वास्थ्य सम्मेलन—२०२४ मा सहभागी हुन सचिव मैनालीले आह्वान छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?