Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पौष ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ । सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ ।

प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूथीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवद्र्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताउनु भयो ।

सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव मैनालीले भने, ‘कार्यक्रममा काठमाडौंमा रहेका दुई सय जना र काठमाडौं बाहिरका आठ सय जना गरी करिव एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमाा गरिएको छ । सम्मेलनको आयोजना स्वास्थ्य मन्त्रालयले गरेपनि अरु पनि हामीसँग सहकार्य गरिरहनु भएको छ । अन्य कुनैपनि संस्थाले हामी पनि यो इभेन्टमा पार्टनरसिप गर्न चाहन्छौं भनेर आउनुभयो भने स्वागत गर्दछौं । यसमा हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौं । अर्को, हेल्थ केयर अथोरिटिजहरु, पोलिसी मेम्बर्सहरु (देशभित्र रहनुभएका वा अन्यत्रबाट आउनुभएका), अन्य सामाजिक विसकासका क्षेत्रमा काम गरिरहेका संस्था र संचारकर्मी साथिहरुलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेका छौं । सम्मेलनपछि हामीले मेडिकल डायस्पोरा अथवा स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्टको हामीले वृद्धि गर्नसक्ने अपेक्षा लिएका छौं ।’

नेपाल स्वास्थ्य सम्मेलन—२०२४ मा सहभागी हुन सचिव मैनालीले आह्वान छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?