Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती


काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

.मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएका हुन् । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ । उनले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताए । महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ ।

उनले भने, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिएपनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगिको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र ? भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यतिबेला राष्टिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यतिबेला व्यवस्थापिका संसद् थियो । मलाई त एकप्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरुले यो संसद कस्तो होला ? कसरि अगाडि बढ्ला ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उहाँहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैं लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोध्नुभयो । मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरि हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।’

छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरुको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उनले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरुको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताएकी छिन् । उनले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताइन् ।

उनले भनिन, ‘हामीले जतिपनि आजसम्म उपलब्धीहरु हाँसिल गरेका छौं । आज सबै दलहरु एकजुट भए अगाडि बढिरहेका छौं । ति उपलब्धीहरुलाई महत्वपूर्ण रुपमा हेर्नुपर्दछ । २००९ सालमा सल्लाहकार परिषद् गठन हुँँदा महिला सहभागि शुन्य जस्तै थियो त्यतिबला नि आन्दोलन गरेपछि चार जना महिलाहरुलाई सहभागि गराइको हो । त्यपछि ०४६ सालमा पनि हामीले केही उपलब्धी प्राप्त गर्यौं । हामीले संविधानमा जतिपनि अधिकारहरु पाएका छौं । लिड रोल भित्र बस्नेले मात्र होइन हामी सबैको साझा आन्दोलनको उपलब्धी हो । यसको स्वामित्व पनि हामी सबैले लिन पाउनुपर्छ । पाइरहेका छौं । आजको दिनमा महिलामाथि सक्छन र भन्ने प्रश्न उठाइन्छ । त्यसकारण हामी सबैले महिलाको क्षमता विकास गर्नुप¥यो ।’

उनले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरुले राज्यका हरेक निकायमा सहभागिका लागि अभ्यास गर्नुपर्ने बताइन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?