Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा


काठमाडौँ। तोरणविक्रम शाही समग्रमा ११–अण्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।

गोकर्ण गल्फ क्लवमा आज तोरणले ११–अण्डर ७१ स्कोर गरे । अन्तिम १८ होलको खेल बाकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसकेको थिए । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट बचाए । नवौं होलमा भने दिनको पहिलो बोगी खेपे । फ्रन्ट नाइन ३–अण्डर ३३ मा पूरा गरे । नवौं होलको बोगीपछि उनले लय गुमाए । १२ औं होलमा एक सट खेर फाले । लगतै १३ औं होलमा बर्डी प्रहार गरे पनि १५ औं र १६ औं होलमा एक–एक सट खेर फाले । जसले गर्दा ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।

एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७–अण्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लवमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथी उक्लिए । पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइनमा ३–अण्डर ३३ को नतिजा निकाले । यसपछि ११ औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे । १५ औं होलको बोगीले ब्याक नाइन ३–अण्डर ३३ मा पूरा गरे ।

राहुल २–अण्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थान माथी उक्लिए । उनले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि ११ औं होलको बोगी विरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अण्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अण्डर २१५ सहित पाँच स्थान तल झरे ।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?