Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा


काठमाडौँ। तोरणविक्रम शाही समग्रमा ११–अण्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।

गोकर्ण गल्फ क्लवमा आज तोरणले ११–अण्डर ७१ स्कोर गरे । अन्तिम १८ होलको खेल बाकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसकेको थिए । पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट बचाए । नवौं होलमा भने दिनको पहिलो बोगी खेपे । फ्रन्ट नाइन ३–अण्डर ३३ मा पूरा गरे । नवौं होलको बोगीपछि उनले लय गुमाए । १२ औं होलमा एक सट खेर फाले । लगतै १३ औं होलमा बर्डी प्रहार गरे पनि १५ औं र १६ औं होलमा एक–एक सट खेर फाले । जसले गर्दा ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए ।

एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७–अण्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लवमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथी उक्लिए । पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइनमा ३–अण्डर ३३ को नतिजा निकाले । यसपछि ११ औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे । १५ औं होलको बोगीले ब्याक नाइन ३–अण्डर ३३ मा पूरा गरे ।

राहुल २–अण्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थान माथी उक्लिए । उनले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि ११ औं होलको बोगी विरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अण्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा १–अण्डर २१५ सहित पाँच स्थान तल झरे ।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?