Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बढ्यो शेयर बजार


२७ भदौ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२  प्रतिशत र वित्त समूहको उपसचूक तीन दशमलव २० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको रु सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ ।

यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?