Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बढ्यो शेयर बजार


२७ भदौ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२  प्रतिशत र वित्त समूहको उपसचूक तीन दशमलव २० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको रु सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ ।

यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?