Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


इजरायल–प्यालेष्टाइन द्वन्द्वः छ जनाको मृत्यु

३ ,असोज ,काठमाडौँ । इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज थप दुई जना मारिएका उनीहरूले बताएका छन् ।

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

३ ,असोज ,सिमकोट (हुम्ला) । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा

निकुञ्जले अतिक्रमित २२ टहरा हटायो

३ ,असोज ,चितवन । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा उपचारका लागि संकलित १२ लाख २६ हजार हस्तान्तरण

३,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ नारायणथानका तेम्बाछिरीङ शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैया विरामीलाई हस्तान्तरण गरेका छन् । स्वयम्भू स्थित नेपाल बुद्व धर्म सेवा संघमा आयोजना गरिएको भेलामा स्वास्थ्य मन्त्री बस्नेतले अमेरिका, कोरिया, जापान लगायतका देशमा कार्यरत सिन्धोपाल्चोकवासीबाट संकलन

विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्छ : नैनसिंह महर

३,असोज ,काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरु संगको ब्यापक छलफल पछि र संविधानसम्मत रुपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रमा उनले विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्ने बताए । महरले भने, ‘नेपालको संविधानसँग बाँझिने गरी विद्यालय

धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै

३,असोज ,काभ्रेपलाञ्चोक। पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ । सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व स्वास्थ्य सङ्गठनको ‘स्वस्थ सहर सञ्जाल’को सात सहरमध्ये धुलिखेल पनि एक सदस्य हुनेछ । नगरापालिाकाले सबै

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

३ ,असोज ,पाटन। वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै  उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो भएको बताए । “हस्तकलामा नेपालको

समयमै अस्पताल नपुग्दा अकालमै ज्यान गुमाउने सर्पदंशका बिरामी बढे

३ ,असोज ,बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा कृष्ण आचार्यले

संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी- जनताले धोका पाएको महसुस गरेका छन्

३ ,असोज ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि राजनीतिक नेतृत्ववाट जनताले धोका पाएको महसुस गरेको बताउदै

विद्यालय बन्द गर्ने प्रअ र गयल हुने शिक्षकलाई महानगरले कारबाही गर्ने

३,असोज ,काठमाडौँ । काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने बताएको छ । महानगरले भोलिदेखि विद्यालय अनुगमनमा जाने र विद्यालय बन्द पाइएमा कारबाही गर्ने बताएको छ । शिक्षक आन्दोलनका नाममा विद्यालयमा हाजीर नभएका प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको बताए । महानगरपालिकाले पटक पटक महानगर भित्रका

सम्वन्धित समाचारहरु