Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी- जनताले धोका पाएको महसुस गरेका छन्


३ ,असोज ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि राजनीतिक नेतृत्ववाट जनताले धोका पाएको महसुस गरेको बताउदै मुलुकको बागडोर सम्हालेका राजनीतिक दलहरु जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन् ।

‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाएको ८ वर्ष पुगिसक्दा पनि मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ ।’

३ दशकको राजनीतिक उतार चढावमा सबैभन्दा पीडा भोगेको रोल्पाबाट उनले भनेका छन्, संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’ ‘जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गर्दै ।समृद्धि खोजिरहेका छन्।

संबिधानमा नै लोकतान्त्रिक प्रकियाबाट संबिधान संसोधनको बाटो खुल्ला भएको बताउदै उनले लोकतान्त्रिक ब्यबस्थाको सदुपयोग गर्दै देश र जनतालाइ समृद्धिको बाटोमा लैजान संविधान साध्य नभई साधन बन्नुपर्ने बताए।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?