Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी- जनताले धोका पाएको महसुस गरेका छन्


३ ,असोज ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि राजनीतिक नेतृत्ववाट जनताले धोका पाएको महसुस गरेको बताउदै मुलुकको बागडोर सम्हालेका राजनीतिक दलहरु जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन् ।

‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाएको ८ वर्ष पुगिसक्दा पनि मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ ।’

३ दशकको राजनीतिक उतार चढावमा सबैभन्दा पीडा भोगेको रोल्पाबाट उनले भनेका छन्, संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’ ‘जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गर्दै ।समृद्धि खोजिरहेका छन्।

संबिधानमा नै लोकतान्त्रिक प्रकियाबाट संबिधान संसोधनको बाटो खुल्ला भएको बताउदै उनले लोकतान्त्रिक ब्यबस्थाको सदुपयोग गर्दै देश र जनतालाइ समृद्धिको बाटोमा लैजान संविधान साध्य नभई साधन बन्नुपर्ने बताए।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?