३,असोज ,काठमाडौँ । काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने बताएको छ । महानगरले भोलिदेखि विद्यालय अनुगमनमा जाने र विद्यालय बन्द पाइएमा कारबाही गर्ने बताएको छ ।
शिक्षक आन्दोलनका नाममा विद्यालयमा हाजीर नभएका प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको बताए ।
महानगरपालिकाले पटक पटक महानगर भित्रका विद्यालयमा राजनीति नगर्न विज्ञप्ति जारी गर्दै आएको थियो ।
प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार