Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

निकुञ्जले अतिक्रमित २२ टहरा हटायो


३ ,असोज ,चितवन । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् ।

पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन । मध्यवर्ती क्षेत्रको जङ्गल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरुलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए ।

टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उहाँको भनाइ छ । विगतका वर्षहरुमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक–पटक भत्काउँदै आएको थियो ।

कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरुले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरुले समेत टहरा बनाएको उनको भनाइ छ ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?