काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता
दोलखा। भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो । उक्त तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए
गलकोट,बागलुङ। बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । उक्त कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश
भरतपुर। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन् । आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबिच पुलको काम गर्न नसकेको बताएका छन् । “देशभरका
सुर्खेत। काठमाडौंबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गरी अझै आनन्दको वातावरण बनाउन
इनरुवा,सुनसरी। चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन् । उक्त जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको
वालिङ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । उक्त गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर् याइएको हो । त्यस्तै, बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा
जलेश्वर,महोत्तरी। पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । उक्त जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने चिसो बढेसँगै बजारमा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उक्त समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई, धर्म गुरागाई
काबुल। अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यस्तै, बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको