Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बोधिभञ्ज्याङमा ‘एक घर-एक धारा’ जडान


वालिङ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । उक्त गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्‍ याइएको हो ।
त्यस्तै, बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताएका छन् ।
आ.व २०७६र७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको उनले बताए । रु दुई करोड १५ लाख ५६ हजार लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी रु एक करोड ३७ लाख २५ हजारमा सम्पन्न भएको हो ।
वालिङ–१३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युत्को प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुव गौडेलले बताएका छन्। “लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ”, उनले भने, “आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण गर्‍यौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको सङ्कलन ट्याङ्की निर्माण गरी त्यसैबाट गाउँका घरघरमा वितरण गरेका छौँ ।”
त्यस्तै, झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी पुर्‍ याइएको छ भने उक्त ठाउँमा रहेका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिकस्थलमा समेत धारा जडान गरिएको छ ।
प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहजरुपमा आएसँगै खोल्साखोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन् भने दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मतसम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताएका छन् ।
खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरुपमा रु चार हजार पाँच सयदेखि रु छ हजार पाँच सयसम्म विद्युत् महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युत्मा अनुदान दिने नीति ल्याएकाले विद्युत् महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताए ।

प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?