Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

आलु खेतीमा डढुवा कीराको सङ्क्रमण


इनरुवा,सुनसरी। चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् । हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन् ।

उक्त जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले दुई बिघा १० कठ्ठामा आलुखेती लगाएका छन् । उनले खेती सुरु गर्दा रू पाँच लाख ३४ हजार खर्च भएको बताए । मेहताले आलुको बीउमा रू एक लाख ३० हजार, मल खाद्यमा रू दुई लाख ३४ हजार, मजदुरका लागि रू एक लाख १४ हजार र अन्य विविधमा रू ५६ हजार भएको जानकारी दिएका छन्। आलुखेतीबाट मनग्य आम्दनी भए पनि यस पटक सोचे अनुसारको आम्दानी नहुने उनको भनाइ रहेको थियो ।

केही दिनयतादेखि बढेको चिसोका कारण आफूले लगाएको आलुमा रोगकिराको सङ्क्रमण देखिन थालेपछि अहिले मेहतासहित यहाँका अधिकांश किसान चिन्तित छन् । बिहान र बेलुकाको समयमा बाक्लो हुस्सो र चिसोका कारण आलु खेतीमा रोग लागेपछि खेती नष्ट हुन थालेको उनले बताए ।

त्यस्तै, आलुको बिरुवा सुक्दै जानु, पात झर्ने लगायत समस्या देखिन थालेको मेहताले बताए । चिसोबाट बचाउनका लागि औषधि छर्किएको भन्दै औषधिले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ रहेको थियो ।

त्यस्तै, श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बीचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह–७ का मङगल महतोले बताए । इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको उनको भनाइ रहेको थियो ।

सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेपछि नष्ट हुँदै गएको इनरुवा–९ बबियाका किसान सत्यनारायण यादवले बताएका छन् ।

त्यसैगरी, कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उक्त जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको सङ्क्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उनको भनाइ रहेको थियो ।

सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ । कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेटमार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोको सङ्क्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग समेत रहेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?