Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा सिर्जना भएको छ: एमाले उपमहासचिव ज्ञवाली


भरतपुर। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन् ।

आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबिच पुलको काम गर्न नसकेको बताएका छन् ।

“देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो”, ज्ञवालीले भने, “बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो ।” सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उनको भनाइ रहेको थियो ।

त्यस्तै, देशभरका ६० हजार सहकारीमा रू आठ खर्ब बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउदै सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?