Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारी समस्यामा सिर्जना भएको छ: एमाले उपमहासचिव ज्ञवाली


भरतपुर। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताएका छन् ।

आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबिच पुलको काम गर्न नसकेको बताएका छन् ।

“देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो”, ज्ञवालीले भने, “बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो ।” सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उनको भनाइ रहेको थियो ।

त्यस्तै, देशभरका ६० हजार सहकारीमा रू आठ खर्ब बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउदै सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?