Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अफगानिस्तानमा विमान दुर्घटना, अहिलेसम्म के थाहा छ ?


काबुल। अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

त्यस्तै, बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमानको प्रकार र कुन देशका कित यात्रु सवार थिए भन्ने अहिलेसम्म थाहा नभएको बताइएको छ भने उक्त तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त विमान कहाँबाट कहाँ जाँदै थियो र सवार को–को थिए भन्ने आधिकारिक जानकारी दिइएको छैन,तर अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ, तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।

त्यस्तै, भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा परेको विमान भारतीय नभएको बताएको छ। अधिकारीहरूले यो विमान मोरक्कोमा दर्ता भएको डीएफ(१० विमान भएको बताएका छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले मिडियामा समेत रिपोर्टहरू हेरेका छौँ। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन । हामी थप जानकारी सङ्कलन गरिरहेका छौँ।’

त्यस्तै, भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार भएको विमान न त निर्धारित भारतीय विमान हो न त भारतीय चार्टर विमान। यो मोरक्कोमा दर्ता भएको सानो विमान हो। विवरणको प्रतिक्षा छ।’


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?