Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अफगानिस्तानमा विमान दुर्घटना, अहिलेसम्म के थाहा छ ?


काबुल। अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

त्यस्तै, बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमानको प्रकार र कुन देशका कित यात्रु सवार थिए भन्ने अहिलेसम्म थाहा नभएको बताइएको छ भने उक्त तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त विमान कहाँबाट कहाँ जाँदै थियो र सवार को–को थिए भन्ने आधिकारिक जानकारी दिइएको छैन,तर अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ, तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।

त्यस्तै, भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा परेको विमान भारतीय नभएको बताएको छ। अधिकारीहरूले यो विमान मोरक्कोमा दर्ता भएको डीएफ(१० विमान भएको बताएका छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले मिडियामा समेत रिपोर्टहरू हेरेका छौँ। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन । हामी थप जानकारी सङ्कलन गरिरहेका छौँ।’

त्यस्तै, भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार भएको विमान न त निर्धारित भारतीय विमान हो न त भारतीय चार्टर विमान। यो मोरक्कोमा दर्ता भएको सानो विमान हो। विवरणको प्रतिक्षा छ।’


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?