Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

निरन्तर बढेको जाडोले जनजीवन प्रभावित


जलेश्वर,महोत्तरी। पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् ।

उक्त जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् । त्यस्तै, स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन्। लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् ।

त्यस्तै, दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिन्छ भने विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?