Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

विराटनगर। मोरङको विराटनगरमा नेता महेश बस्नेत सवार गाडीमा जेन–जी युवाले रातो मसी फ्याँकेर विरोध जनाएका छन्। सुनसरी जाँदै गर्दा एयरपोर्ट लाइन सडकमा दुई युवाले बेलुनमा राखिएको रातो मसी हानेका हुन्। घटनापछि प्रहरीले अरजित कुँवर (१९) र संजोग गौतम (२५)लाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

बढ्यो सुनको मूल्य ,आज कतिमा भैरहेकोछ कारोबार ?

काठमाडौँ। सुनको भाउ आईतवार २ हजार ९ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम शेयर कारोबार दिन शुक्रवार १ हजार ३ सयले घटेको सुन आज २९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार

फागुन २१ को निर्वाचनमा भाग लिने काँग्रेसको निर्णय

काठमाडौँ। नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उनले बताए । उनले अन्तरिम

विवाह पञ्चमीः धनुषयज्ञ विधि सम्पन्न

जनकपुरधाम। जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ । त्रेता युगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ । धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण,

मार्क वाटको करियरकै पहिलो शतकमा कर्णालीको जित

काठमाडौँ। मार्क वाटको शतकसँगै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । कीर्तिपुरमा भएको दोस्रो खेलमा वाट चम्कँदा कर्णालीले शनिवार लुम्बिनी लायन्समाथि ९ विकेटको रबाफिलो जित निकाल्यो । दोस्रो खेलमा कर्णालीको पहिलो जित हो । उनी एक सय १४ रनमा अवजित रहे

मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै होः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका छन् । केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका छन् । उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताए ।

अद्भुत समर्थकमाझ शतक बनाउनु विशेष छः मार्क वाट

काठमाडौँ। कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ शतक करियरको पहिलो शतक बनाउने विशेष रहेको बताएका छन् । लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन् । साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि उल्लेख गरे ।

जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित होः मोहनविक्रम सिंह

काठमाडौँ। अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताएका छन् । अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । जेन–जी आन्दोलनको

‘भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरुको आन्दोलने नयाँ उर्जा दियो’: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउदै उनले भदौ

निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्छः देव गुरुङ

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताएका छन् । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका

सम्वन्धित समाचारहरु