Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित होः मोहनविक्रम सिंह


काठमाडौँ। अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताएका छन् । अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताए । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘यो सरकार मूल रुपमा जेन–जी आन्दोलनको परिणाम हो । जेन–जी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरु पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ । यो जेन जी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रुपमा जेन जी आन्दोलन रहेको छैन ।’

नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताएका छन्।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?