Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित होः मोहनविक्रम सिंह


काठमाडौँ। अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताएका छन् । अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताए । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘यो सरकार मूल रुपमा जेन–जी आन्दोलनको परिणाम हो । जेन–जी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरु पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ । यो जेन जी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रुपमा जेन जी आन्दोलन रहेको छैन ।’

नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताएका छन्।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?