Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

फागुन २१ को निर्वाचनमा भाग लिने काँग्रेसको निर्णय


काठमाडौँ। नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उनले बताए । उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघठनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सवोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताएका छन् । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उनले जानकारी दिएका छन् । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिने उनले बताए । काँग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ । हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरुका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागी उचित वातावरण नभएको काँग्रेसले जनाएको छ ।

उनले भने, ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघठन र निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा यो विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएको र सम्मानित सवोच्च अदालतमा यो विषय विचारधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली काँग्रेस विश्वास गर्दछ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनितिको् उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजी प्रर्दशनका क्रममा परिवर्तनमा उठाईएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो भएका दृढ विश्वास रहेको छ ।’

काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरुलाई क्षतिपुर्ती दिन र घाईतेहरुको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजानी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यवसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ । काँग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?