Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

विवाह पञ्चमीः धनुषयज्ञ विधि सम्पन्न


जनकपुरधाम। जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।

त्रेता युगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ । धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागि भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएको थियो । त्यस पश्चात मात्रै माता सीताको विवाह भगवान रामसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर रहेको छ भने मंसिर ९ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ ।

मंसिर १० गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?