Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग


काठमाडौँ।वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अन्सारीकाअनुसार नेशनल मेडिकल कलेजले झन्डै २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको छ । कलेजको यस्तो अवैध धन्दाविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको छ । सदनमा बोल्दै सांसद अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डहरूलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापकहरू देखाएर राज्यलाई झुक्याउने काम भइरहेको दाबी गरेका छन् । यति मात्र होइन, कलेजले नेपाली विद्यार्थीसँग प्रति विषय पास गराइदिने नाममा ३ लाख र विदेशी विद्यार्थीसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र सो रकम लिने बित्तिकै उत्तरपुस्तिकामा आफैँ उत्तर भरेर पास गराइदिने गरेको समेत उनले आरोप लगाएका छन् । विगतका सत्तासीनहरूको आडमा कलेज सञ्चालकहरूले राज्य संयन्त्रलाई प्रभावमा पारेका कारण कारबाही नभएको उनको भनाइ छ । उनले भने, ‘यो मुन्ना भाइ फिल्मको कथा जस्तै रमाइलो लाग्न सक्छ, तर वास्तविकतामा यस्ता घटनाले सिंगो राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ । मेरिटोक्रेसीको आधारमा काम गरिरहेको वर्तमान सरकारले तत्काल छानबिन गरी ती विद्यार्थीहरूको व्यवस्थापन अन्य कलेजमा गर्नुपर्छ ।’ यस्तो बेथिति नरोकिए निकट भविष्यमै गलत उपचारका कारण गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिएका छन् ।

काठमाडौँ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अन्सारीकाअनुसार नेशनल मेडिकल कलेजले झन्डै २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको छ । कलेजको यस्तो अवैध धन्दाविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको छ ।

सदनमा बोल्दै सांसद अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डहरूलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापकहरू देखाएर राज्यलाई झुक्याउने काम भइरहेको दाबी गरेका छन् । यति मात्र होइन, कलेजले नेपाली विद्यार्थीसँग प्रति विषय पास गराइदिने नाममा ३ लाख र विदेशी विद्यार्थीसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र सो रकम लिने बित्तिकै उत्तरपुस्तिकामा आफैँ उत्तर भरेर पास गराइदिने गरेको समेत उनले आरोप लगाएका छन् । विगतका सत्तासीनहरूको आडमा कलेज सञ्चालकहरूले राज्य संयन्त्रलाई प्रभावमा पारेका कारण कारबाही नभएको उनको भनाइ छ ।

उनले भने, ‘यो मुन्ना भाइ फिल्मको कथा जस्तै रमाइलो लाग्न सक्छ, तर वास्तविकतामा यस्ता घटनाले सिंगो राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ । मेरिटोक्रेसीको आधारमा काम गरिरहेको वर्तमान सरकारले तत्काल छानबिन गरी ती विद्यार्थीहरूको व्यवस्थापन अन्य कलेजमा गर्नुपर्छ ।’

यस्तो बेथिति नरोकिए निकट भविष्यमै गलत उपचारका कारण गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?