Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

बढ्यो सुनको मूल्य ,आज कतिमा भैरहेकोछ कारोबार ?


काठमाडौँ। सुनको भाउ आईतवार २ हजार ९ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम शेयर कारोबार दिन शुक्रवार १ हजार ३ सयले घटेको सुन आज २९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६ सय कायम भएको छ । शुक्रवार सोही परिमाणको सुन २ लाख ४१ हजार ७ सय रुपैयाँमा खरिदविक्री भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भइरहेको छ ।

गत शुक्रवार चाँदीको मूल्य ३ हजार १ सय पुगेको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?