Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अद्भुत समर्थकमाझ शतक बनाउनु विशेष छः मार्क वाट


काठमाडौँ। कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ शतक करियरको पहिलो शतक बनाउने विशेष रहेको बताएका छन् ।

लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन् । साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि उल्लेख गरे । उनले ओपनिङ गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर रहेको उल्लेख गर्दै यसमा सदुपयोग गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । शतक पूरा गर्ने क्रममा नर्भस नाइन्टिज भएको उनले उल्लेख गरे । साथै मार्कले युवा स्पिनर युवराज खत्री र विपिन शर्माले राम्रो बलिङ गरेको भन्दै उनीहरूको प्रशंसा गरे । लुम्बिनी लायन्सका प्रशिक्षक शक्ति गौचनले राम्रो फाइटिङ टोटल दिए पनि क्याच छोड्नु र बलिङमा राम्रो गर्न नसक्दा हार सामना गर्नुपरेको बताए ।

साथै प्रशिक्षक गौचनले क्याच छोड्नु र खराब फिल्डिङ पनि हारको कारणमध्ये एक रहेको उल्लेख गरे । तर, कर्णालीले पाएको अवसर खेर नफालेको उनको भनाइ छ । उनले लाइन एन्ड लेन्थमा पनि बलिङ गर्न नसकिएको बताए । यद्यपि, अभैm प्रतियोगितामा फर्कने अवसर रहेको र आगामी खेलमा सुधार हुने अपेक्षा गरेका छन् । अन्तिम पाँच ओभरमा पनि चाहेक जस्तो ब्याटिङ गर्न नसकिएको उल्लेख गरे । सुदूरपश्चिम रोयल्स बाहेक सबै टोलीले एक खेलमा हार व्यहोरेकाले अवसर रहेको पनि बताएका छन् । उनले एनपिएल जस्तो प्रतियोगितामा प्रतिभावान युवा खेलाडी आउने आशा गरेका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?