Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

अद्भुत समर्थकमाझ शतक बनाउनु विशेष छः मार्क वाट


काठमाडौँ। कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ शतक करियरको पहिलो शतक बनाउने विशेष रहेको बताएका छन् ।

लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन् । साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि उल्लेख गरे । उनले ओपनिङ गर्न पाउनु आफ्नो लागि महत्वपूर्ण अवसर रहेको उल्लेख गर्दै यसमा सदुपयोग गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । शतक पूरा गर्ने क्रममा नर्भस नाइन्टिज भएको उनले उल्लेख गरे । साथै मार्कले युवा स्पिनर युवराज खत्री र विपिन शर्माले राम्रो बलिङ गरेको भन्दै उनीहरूको प्रशंसा गरे । लुम्बिनी लायन्सका प्रशिक्षक शक्ति गौचनले राम्रो फाइटिङ टोटल दिए पनि क्याच छोड्नु र बलिङमा राम्रो गर्न नसक्दा हार सामना गर्नुपरेको बताए ।

साथै प्रशिक्षक गौचनले क्याच छोड्नु र खराब फिल्डिङ पनि हारको कारणमध्ये एक रहेको उल्लेख गरे । तर, कर्णालीले पाएको अवसर खेर नफालेको उनको भनाइ छ । उनले लाइन एन्ड लेन्थमा पनि बलिङ गर्न नसकिएको बताए । यद्यपि, अभैm प्रतियोगितामा फर्कने अवसर रहेको र आगामी खेलमा सुधार हुने अपेक्षा गरेका छन् । अन्तिम पाँच ओभरमा पनि चाहेक जस्तो ब्याटिङ गर्न नसकिएको उल्लेख गरे । सुदूरपश्चिम रोयल्स बाहेक सबै टोलीले एक खेलमा हार व्यहोरेकाले अवसर रहेको पनि बताएका छन् । उनले एनपिएल जस्तो प्रतियोगितामा प्रतिभावान युवा खेलाडी आउने आशा गरेका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?