Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरुको आन्दोलने नयाँ उर्जा दियो’: प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउदै उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरेका छन् । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिएका छन् ।

उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले आवाज उठाउने कोशिस ग¥यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनुपथ्र्यो, सुनिएन । म जेनजी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी २३, २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्यो । त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताएका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?