Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

‘भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरुको आन्दोलने नयाँ उर्जा दियो’: प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउदै उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरेका छन् । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिएका छन् ।

उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले आवाज उठाउने कोशिस ग¥यौं, तर हाम्रो आवाज जति व्यापक रूपमा सुनिनुपथ्र्यो, सुनिएन । म जेनजी युवाहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र स्वतन्त्रताका पक्षमा जसरी २३, २४ मा आवाज उठाइदिनुभयो, हामीले उठाउँदै गरेको भ्रष्टाचार विरोधी अभियानमा, हामीले उठाउँदै गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तपाईंहरूको आवाजले हामीलाई राम्रै ऊर्जा प्रदान गर्यो । त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताएका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?