Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्छः देव गुरुङ


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताएका छन् । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका छन् । त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने बताउदै उनले राजनीतिलाई नियमित कोर्समा लैजान जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘अबको निकास के त ? अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । पाल्र्यामेण्ट सिस्टम भएपनि राष्ट्रिय सहमतिबाट लैजाऔँ भनेका थियौँ । राष्ट्रिय सहमति हुन सकेन । अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदी निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद पुनःस्थापना गर्नुको विकल्प छैन । संसद पुनःस्थापना गर्नुपर्छ । त्यहाँबाट संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ । आवश्यकताअनुसार संशोधन हुनसक्छ । रेगुलर कोर्समा लैजाने हो । नियमित कोर्समा लैजाने हो । अहिले उत्तेजना मच्चाउने दिशामा छन् । हामी शान्तिको दिशामा छौँ ।’

नेता गुरुङले एकलेअर्कोलाई गालीगलौज गरेर सिध्याउने कार्यशैली हाबी भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?