Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

मार्क वाटको करियरकै पहिलो शतकमा कर्णालीको जित


काठमाडौँ। मार्क वाटको शतकसँगै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

कीर्तिपुरमा भएको दोस्रो खेलमा वाट चम्कँदा कर्णालीले शनिवार लुम्बिनी लायन्समाथि ९ विकेटको रबाफिलो जित निकाल्यो । दोस्रो खेलमा कर्णालीको पहिलो जित हो । उनी एक सय १४ रनमा अवजित रहे । साथै वाटले एक विकेट पनि लिए । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग चार विकेट पराजित भएको थियो । दोस्रो खेलमा बलिङ र ब्याटिङमा राम्रो साथ पाउँदा कर्णालीले सहज जित आत्मसात् गर्यो । लुम्बिनीको भने दोस्रो खेलमा पहिलो हार हो । पहिलो खेलमा लुम्बिनीले चितवनलाई हराएको थियो । वार्टले एनपिएलकै दोस्रो शतक प्रहार गरेपछि कर्णालीले सफलता पाएको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ५७ रनको लक्ष्य दिएको थियो । तर त्यो लक्ष्य कर्णालीले १२.२ ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । ओपनर प्रियान्क पञ्चल १२ रनमै आउट भए । १० बलमा उनले समान एक चौका र छक्का हिर्काए । पावर प्लेमा एक विकेट पतन भएपनि कर्णालीले ६३ रन जोड्यो । दोस्रो विकेटका लागि वाट र विलियम बोसिस्टोबीच एक सय २३ रनको अविजित साझेदारी बन्यो । यो साझेदारीसँगै कर्णालीले ४६ बल अगावै जित सुरक्षित ग¥यो । वाटले ४४ बलमा १२ चौका र ६ छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरे । उनले ४१ बलमै शतक पूरा गरे । यो उनको करियरको पहिलो शतक पनि हो । बोसिस्टो २९ रनमा अविजित रहे ।

उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे । लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए । सात बलर प्रयोग गरे पनि लुम्बिनीले लक्ष्य रक्षा गर्न सकेन । रुबेन ट्रम्पलमेनबाहेक सबै बलर महँगा साबित भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि सहज भएन । पूरै ओभरमा लुम्बिनीले आठ विकेट गुमाउँदै एक सय ५६ रनको योगफल बनायो । लुम्बिनीले पहिलो ओभरमै ओपनर सन्दीप जोरालाई एक रनमै गुमायो । त्यसपछि दबाबमा परेको लुम्बिनीले पावरप्लेमा राम्रो रन जोड्न सकेन । ओपनर डार्सी सर्ट र कप्तान रोहित पौडेलले ३६ रनको साझेदारी गरे । डार्सी १९ रनमै पभेलियन फर्किए । त्यसपछिका तीन ब्याटर दिलीप नाथ ६, गुल्बदिन नैव र सुमित महर्जन ४ रनमै आउट भए ।

युवा स्पिनर विपिन शर्माले ११औं ओभरमा गुल्बदिनलाई एलबिडब्लु शिकार बनाउँदा लुम्बिनीको चौथो विकेट पतन भयो । दिलीप र सुमित पनि आउट भएपछि लुम्बिनी पूर्ण दबाबमा प¥यो । १३.४ ओभरमा लुम्बिनी ७८÷५ को अवस्थामा पुग्यो । एक छेउबाट रोहितले इनिङ समाले । उनले छैटौं विकेटका लागि जेजे स्मितसँग ३५ रनको साझेदारी गरे । १७औं ओभरमा रोहित ४९ रनमा आउट भए । फेरि लुम्बिनीले लगातार विकेट गुमाउँदा कमजोर लक्ष्यततर्फ देखिन्थ्यो । तर रुबेनले १४ बलमा नटआउट २९ रन जोड्दै लुम्बिनीको इनिङ राम्रो स्थितिमा पु¥याए । उनले एक चौका र तीन छक्का प्रहार गरे । स्मितले पनि १४ बलमा २३ रन जोडे । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । कर्णालीले सात बलर प्रयोग गर्दा ६ जना विकेट लिन सफल भए । नन्दन यादवले दुई तथा सोमपाल कामी, गुलसन झा, वाट, विपिन र युवराज खत्रीले समान एक विकेट लिए ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?