३० वैशाख ,घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए । नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको
३० वैशाख ,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ
३० वैशाख ,ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन् । लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता
३० वैशाख ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौँको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा लागिपरेको र कोही कसैलाई पनि छुट नदिइने बताए । उनले भने, “विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय
३० वैशाख ,काठमाडौँ । कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ । कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको बीमालेख जारी भइ कृषक लाभान्वित भएको पाइएको हो । कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ । कृषि तथा पशुपक्षी
३० वैशाख ,टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ बर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो । पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज
३० वैशाख ,कर्णाली । नेपाल निजामती कर्मचारी सङ्गठनले अबिलम्ब सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न आग्रह गरेको छ । कर्णाली प्रदेशस्तरीय भेलाको आयोजना गरी सङ्गठनले कर्मचारीहरूको हकहितका लागि यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको हो । भेलामा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभाष साहले आम
३० वैशाख ,काठमाडौँ । घरेलु तथा साना उद्योग महासङ्घले नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक भएको भन्दै त्यसको वस्तुनिष्ट कार्यान्वयनमा जोड दिएको छ । त्रैमासिक समीक्षामा उल्लेख भएबमोजिम वाणिज्य बैंकले कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु तथा साना र मझौला उद्योगमा लगानी गर्नुपर्ने व्यवस्थाप्रति महासङ्घले
३० वैशाख, मोरङ । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ । उनको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुगेछि १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट सकुशल उद्धार गरिएको
३० वैशाख, काठमाडाैँ । धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उहाँ बेपत्ता हुनुभएको सैनिक जनसम्पर्क