Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

धवलागिरि हिमपातमा परी मृत्यु भएका तामाङको शव काठमाडौँ ल्याइयो


३० वैशाख, काठमाडाैँ । धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उहाँ बेपत्ता हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो । पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?