Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

धवलागिरि हिमपातमा परी मृत्यु भएका तामाङको शव काठमाडौँ ल्याइयो


३० वैशाख, काठमाडाैँ । धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उहाँ बेपत्ता हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो । पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?