Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या


३० वैशाख ,टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् ।

डलास प्रहरीका अनुसार २२ बर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो । पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए ।

कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ । टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ । शपथपत्रमा भनिएको छ, “संदिग्ध व्यक्ति बच्चाका पिता भएको यो विश्वास गरिएको छ ।”

न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन् । प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७ः३० बजे झगडा गरिरहेको देखिएको छ ।

प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुइँमा लडेकी थिइन् । भुईँमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोराएर आक्रमण गरेका थिए । न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?