Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो


सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै भएको बताएका छन् ।

शुक्रवार तीन ठूला राजनीतिक दलहरुको शिर्ष नेताहरुसँग भेट गर्न पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भेटमा देउवाले सो कुरा प्रष्टयाएको जानकारी दिएका छन् । उहाँसँगको भेटबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले सभापति देउवाले नेपाली काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना नभएको प्रष्ट पारेको बताएका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको पनि जानकारी दिएका छन् । त्यस अवसरमा सभापति देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सञ्चारमन्त्री खरेलले भने,‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको प्राथमिकता चाहीँ निर्वाचन नै हो । नेपाली काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन भनेर प्रष्टसँग मसँगको कुराकानीमा बताउनुभएको छ । र, निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । र सुरक्षाको वातावरण बनाउनु प¥यो भन्ने उहाँको चासो रहेको छ । र काँग्रेसको तर्फबाट निर्वाचन समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग नेपाली काँग्रेसले गर्छ भन्ने उहाँको कुरा रहेको छ ।’

सरकारले निर्वाचन गराउनका लागि प्रमुख तीन दलका शिर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिँदै आएको छ । यसै क्रममा भोली (शनिवार) प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?