Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ


३० वैशाख ,ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन् ।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताए ।

उनले भने, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।”

कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रुपमा लागि परेको उनले बताए ।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?