Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ


सानो घर, एउटा गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ

काठमाडौँ। अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच नै युदिनसके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन्।

राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पु¥याउनुपर्ने बताएका छन् । उनले त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको बताउदै उनले नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गरेका छन् । यो नै नेपालको शुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्ने र आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी ट्रान्सपरेसनको लागि । बच्चालाई पढाउने शिक्षा, स्वास्थ्य सही रुपले दिनसक्यो भने त्यत्तिको लागि सरकारले बेसिक निडको रुपमा लिएर त्यसको लागि ऋण दिने, फेसिलिटेड गरिदिने र हरेक युवाले त्यत्तिको सपना पूरा गर्नसक्ने वातावरण बनाउनसक्यो भने सबै युवाहरु नेपालमै बस्ने सम्भावना रहन्छ । नेपालमा बस भन्ने तर यहाँको कुनैपनि जब क्रिएशन नहुने, त्यो अवसर, त्यो आशालाई पूरा गर्न नसक्ने अवस्थामा हामीले जतिसुकै भनेपनि सम्भावना रहँदैन । त्यसको लागि सरकारले आगामी दिनमा युवाहरुको सपना भनेको नेपालमा रहनको लागि एउटा घर हुनुपर्छ । एउटा साधारण भेइकल हुनुपर्छ । शिक्षा, स्वास्थ्य सहज रुपमा पाउने वातावरण हुनुपर्छ । र मात्रै युवाहरु नेपालमै बस्नेछन् । त्यो अहिलेको शुरुवाती नेपालको इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु हुनेछ । त्यसतर्फ आगामी सरकारले काम गर्नुपर्नेछ ।’

मन्त्री घिसिङले छोटो समयको अहिलेको सरकार भएकाले धेरै आशा गर्न नहुने बताएका छन्। नेपालको द्रुततर विकासको लागि अहिलेको ऐन, कानूनका समस्या र प्रक्रियागत झन्झटलाई हटाउनुपर्ने बताए । निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म देशको द्रुततर विकास हुन नसक्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?