Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ


सानो घर, एउटा गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ

काठमाडौँ। अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच नै युदिनसके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन्।

राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पु¥याउनुपर्ने बताएका छन् । उनले त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको बताउदै उनले नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गरेका छन् । यो नै नेपालको शुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्ने र आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी ट्रान्सपरेसनको लागि । बच्चालाई पढाउने शिक्षा, स्वास्थ्य सही रुपले दिनसक्यो भने त्यत्तिको लागि सरकारले बेसिक निडको रुपमा लिएर त्यसको लागि ऋण दिने, फेसिलिटेड गरिदिने र हरेक युवाले त्यत्तिको सपना पूरा गर्नसक्ने वातावरण बनाउनसक्यो भने सबै युवाहरु नेपालमै बस्ने सम्भावना रहन्छ । नेपालमा बस भन्ने तर यहाँको कुनैपनि जब क्रिएशन नहुने, त्यो अवसर, त्यो आशालाई पूरा गर्न नसक्ने अवस्थामा हामीले जतिसुकै भनेपनि सम्भावना रहँदैन । त्यसको लागि सरकारले आगामी दिनमा युवाहरुको सपना भनेको नेपालमा रहनको लागि एउटा घर हुनुपर्छ । एउटा साधारण भेइकल हुनुपर्छ । शिक्षा, स्वास्थ्य सहज रुपमा पाउने वातावरण हुनुपर्छ । र मात्रै युवाहरु नेपालमै बस्नेछन् । त्यो अहिलेको शुरुवाती नेपालको इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु हुनेछ । त्यसतर्फ आगामी सरकारले काम गर्नुपर्नेछ ।’

मन्त्री घिसिङले छोटो समयको अहिलेको सरकार भएकाले धेरै आशा गर्न नहुने बताएका छन्। नेपालको द्रुततर विकासको लागि अहिलेको ऐन, कानूनका समस्या र प्रक्रियागत झन्झटलाई हटाउनुपर्ने बताए । निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म देशको द्रुततर विकास हुन नसक्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?